Friday, 4 June 2021

लठुवाको कुटिल चाल

दृश्य एक
तिमीहरू कसैले पनि त्यो चुच्चेलाई बुझ्न सकेन। तिमीहरूको बुध्दिले घाँस खाएको छ रेछ। मुलाहरु! जति सम्झाए पनि नसम्झिने खालको परेछ। 

मैले अलि अलि घाँस खुवाएर त्यो भेंडाहरुलाई आफ्नो बनाएको कुरो तिमीहरुको दिमागले बुझ्न नै सक्दैन रहेछ। हेर! केटा हो! त्यो काले संग कति जग्गा जमीन छ? हामी संग कति छ? हाम्लाई पुग्छ? अनि थप्नु परेन? किन्न सकिँदन क्यारे! हडप्ने हो, हेर्दै जा! म कसरी हडप्छु।

तैंले त्यो ठुल्दाईको जग्गा कसरी हडपिस? मलाई थाहा छैन? तेरो तिकडम मैले बुझेको छैन? अनि तैंले ठुल्दाईको जग्गा लिन लाई पैला, ठुल्दाईकै छोर छोरीलाई आफ्नो बनाएको हैन? उनिहरुलाई जग्गा जमीन दिम्ला भनेर, उनिहरुकै बाउलाई मुध्दा हाल्न लगाएको बिर्सिस? अहिले तेरो भतिजहरुले तंलाई उनीहरुको बाउ भन्दा बढी किन मानेका छन भन्ने कुरा, कि तंलाई थाहा छ, कि मलाई थाहा छ। 

हिमाल पारीको परिदृष्य
शिष्य! हिमवत खण्डको एउटा देशां पनि यस्तै भै राछ रेछ। त्याँको एउटा लठुवाको दिमाग गज्जब कै रेछ। नहोस पनि कसरी चार चार वटा त मृगौला जो पालेर राखेका रेछ्न। हाम्रो मनचिन्ते शास्त्रमा दुइटा मृगौला हुने भन्दा चारता मृगौला हुने मनुवाको सोच कडा, मतलब तगडा हुन्छ भनेर लेखेको छ। भन्छ! तर मैले देखेको छैन। खैर, आफ्नो दुश्मनहरुलाई एकै तालमा बटारेर खाल्डोमा ख्याँस्दिन सक्ने त्यो लठुवा बडा तगडा लाग्यो।

गुरु! त्यो त लठुवा भन्दा नि, छट्टु जस्तो पो लागिरा छ मलाई। त्यो लठुवाले जुन ठाउँको जन्तुहरुलाई पकडमा ल्याको छ, त्यो गाउँ नै खाउँ भन्ने दाउ छ रेन्त। फेरि त्यो गाउँकाले उल्टो सोचिरा छ भन्छ। खोइ मैले त कै बुझिन गुरु!

शिष्य! यो कुरो बुझ्नलाई तिमिले एउटा मृगौला थप गर्नु पर्छ। त्यो लठुवाले कुटिल चाल चलेको छ। हेर्दै जाउ, अहिले हालेको चाराले त्यो पूरा गाउँ नै उस्ले आफ्नो पकड बनाउने छ र आफ्नो ठाउँमा गाभ्नेछ। त्याँको जन्ता अलि बोझो दिमागको जो छ। हतपत यस्तो कुटिल चाल बुझ्दैनन। दिमाग लगाउनु पर्छ, यस्तो चाल बुझ्नलाई, दिमाग पनि हुन पर्‍यो नि!

गुरुदेब! सांच्चै! त्याँका जन्ताले त आफ्नै संसार बनाउँछु भनेर भटाभट नागरिकता लिराछ्न रेन्त। 

शिष्य! त्यो नागरिकता लिए पछि त्याँको जनता सब त्यो लठुवाको पछि लाग्ने हुन्छ, अनि केही बर्ष पछि हेर, त्यो नागरिक बस्ने मुलुक पनि त्यो लठुवाको नै भै हाल्छ। हेर्दै जाउ! त्यो लठुवाले बिस्तारबादको नीति लिएको छ। जसरी ठुल्दाईको जगा लिन ठुल्दाईकै छोर छोरीलाई प्रयोग गरे नि, त्यसरी नै नागरिकता दिएर त्यो बिहार, उहार सब त्यो लठुवाले खाई दिन्छ। हेर्दा लठुवा छ। तर बडा तेज दिमागको छ। मेरो अनुमान ऐले सम्म फेल खाएको छैन। दुरदर्सी छ त्यो लठुवा! १९५०मा गुमेको जमीन सबै फिर्ता गर्न पनि नागरिकता बांड्नु पर्छ भनेर त्यसको दिमाग चलेको हुनु पर्छ।
अस्तु!

Aventurian Crystal, Pyramid Tatva Nepal